काठमाडौँ उपत्यकामा फैलियो हैजा, १० जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ असार १२ गते १५:४०
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा हैजाका विरामी देखिएका छन् । योसँगै हैजाका बिरामीको संख्या १० पुगेको छ ।
नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटमा हैजा पुष्टि भएको थियो ।
जनस्वास्थ्यविद्ले हैजा महामारीका रुपमा फैलन सक्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया