मंगलबार, जेठ १, २०८१

आज कस्तो रहला देशभरको मौसम?

मेरोन्यूज २०८१ वैशाख १७ गते ७:०८

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

Advertisement

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी  प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही  र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया