बिहीबार, जेठ ३, २०८१

उपनिर्वाचन

इलाम-२ मा एमालेका सुहाङलाई ६ हजार ४ सय ३९ मतको अग्रता

मेरोन्यूज २०८१ वैशाख १७ गते २०:५२

काठमाडौं। इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन्।

Advertisement

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४ सय १० मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २ सय ४२ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया