मंगलबार, जेठ १, २०८१

कस्ताे छ तपाईंको आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८१ वैशाख १७ गते ६:५८

आजमिति २०८० साल वैशाख १७ गते सोमवार तदअनुसार अप्रिल २९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष पञ्चमी विहान ८:११ बजेसम्म तत्पश्चात षष्ठी तिथी, पुर्वषाढा नक्षत्र, । सिद्द योग छ । चन्द्र राशि धनु। यो शुभ योग हो ।

Advertisement

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । 

मेष : मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभ समाचार सुन्न पाइनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

वृष : लाभ-हानि, आय-व्यय र सुख-दुःख बराबरी खालको दिन छ। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। तर, आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

मिथुन : मनमा उत्साह र उमङ्गको सिर्जना हुनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछन्। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्‍याउनेछ।

कर्कट : नयाँ ज्ञान सिक्ने मौका छ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछ।

सिंह : ठीक समयमा सही निर्णय लिन सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।

कन्या : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

तुला : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।

वृश्चिक : आँटेको र ताकेको कार्य पूरा होला। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। दैनिक कार्यमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ।

धनु : कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्यमा सामेल हुनुका साथै धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। नयाँ कामको थालनी हुनेछ।

मकर : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

कुम्भ : परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावमा पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। टाढिएका व्यक्तिसँग पुनर्मिलनको योग छ।

मीन : नयाँ कार्यको थालनी हुन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

प्रतिक्रिया