सोमबार, वैशाख ३१, २०८१

इलाममा ३ वडाको गणना सकियो, कांग्रेसका डम्बरसँग एमालेका सुहाङले घटाए मतान्तर

मेरोन्यूज २०८१ वैशाख १६ गते १८:२२

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को मतगणना सकिएको छ ।

Advertisement

मतगणनाअनुसार नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् ।

तीन वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् ।

४ हजार १५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६५८ र एमालेका नेम्वाङले १ हजार ६३० मत पाएका छन् । यसअघि वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले चार सय ३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले तीन सय ८ मत प्राप्त गरेका छन्।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया