भोलिदेखि काठमाडौँमा राष्ट्रिय परिचयपत्रको संकलन
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:०३
काठमाडौँ । काठमाडौँ जिल्लाले आगामी मंगलबार अर्थात भोलिदेखि राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट (विवरण प्रविष्ट) संकलन गर्ने भएको छ ।
बाहिरी जिल्लाबाट काठमाडौं महानगरमा बसाई आएका तथा विवाह गरी आएका सेवाग्राहीका लाइभ इनरोलमेन्ट संकलन गर्ने भएको हो । यसका लागि राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा संकलन हुने व्यवस्था गरिएको छ ।
यस्तै, मधेस प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीलाई पनि लाइभ इनरोलमेन्ट वितरण हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया