मंगलबार, वैशाख २५, २०८१

६ एसएसपीको सरुवा, काठमाडौंमा वसन्त रजौरे

मेरोन्यूज २०८१ वैशाख १४ गते १३:४६

काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ।

Advertisement

जस अनुसार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा भएको छ ।

त्यस्तै उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थिए ।

अपराध महाशाखाको प्रमुख रहेका सोमेन्द्रसिंह राठौरलाई भट्टराईको ठाउँमा सुरक्षा परिषदमा सरुवा गरिएको छ ।

त्यस्तै गृहले प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरेको छ । यसअघि कोशीमा रहेका राजन अधिकारीलाई तालिम निर्देशनालय प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया