आइतबार, जेठ ६, २०८१

काठमाडौंको शंखपार्कमा एक युवाको शव भेटियो

मेरोन्यूज २०८१ वैशाख २४ गते १०:११

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । विहान मर्निङ्गवाक गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

३५ वर्षका जस्ता देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन ।

स्थानीयवासीका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया