बुधबार, वैशाख २६, २०८१

शिक्षक सेवा आयोगले माग्यो प्राथमिक तहका लागि ४ हजार ४६२ जना शिक्षक

मेरोन्यूज २०८१ वैशाख १५ गते १०:३१

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।

Advertisement

आयोगले आज (शनिबार) सूचना जारी गर्दै  विभिन्न समूहमा सातै प्रदेशका लागि प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो। 

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

बागमती प्रदेशमा एक हजार १०३, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जना नयाँ शिक्षक नियुक्तिका लागि आवेदन खुला गरिएको हो।  

योग्यता पुगेका इच्छुक व्यक्तिले  https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ।

प्रतिक्रिया