शुक्रबार, जेठ ४, २०८१

सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन

मेरोन्यूज २०८१ वैशाख २० गते २२:०१

बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।

Advertisement

बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालले जनाएको छ । हँस्यौली ठट्यौलीमा कुरा गर्ने भएकै कारण उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

प्रतिक्रिया