शुक्रबार, वैशाख २८, २०८१

घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा आरोपत्र दायर

मेरोन्यूज २०७९ असोज २ गते १४:५५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

Advertisement

प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख  रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । 

उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप(सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र ९लाईसेन्स० दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ । 

प्रतिक्रिया