सोमबार, जेठ ७, २०८१

दानवीर स्वर्गीय बद्रीनाथ भण्डारीको शालिक स्थापना गरिने

मेरोन्यूज २०८१ वैशाख २७ गते २१:०१

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले सुदूरपश्चिम प्रदेशकै सर्वाधिक राशीको पुरस्कार बद्रीकृष्णा वाङ्मय पुरस्कार (एक लाख एघार हजार एक सय एघार) का संस्थापक दानवीर, वरिष्ठ समाजसेवी , भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा विशिष्ट योगदान पु्र्‍याएका स्व. बद्रीनाथ भण्डारीको ९९औं जन्मजयन्ती एक समारोहका बीच मनाएको छ।

Advertisement

समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपसचिव एवं प्राज्ञिक व्यक्तित्व तीर्थराज ओझा ‘गडसेरी माइला’ले सहयोगी मनका धनी स्व. बद्रीनाथ भण्डारीले साहित्य, समाजसेवा, शिक्षालगायतका क्षेत्रमा विशिष्ठ योगदन गरेकाले नै आज साहित्य समाजले उनको जन्मजयती मनाएको बताए। कार्यक्रममा भण्डारीका परिवारका सदस्य पनि सहभागी रहेका थिए।

बरिष्ठ पत्रकार मनमोहन स्वारले स्व. भण्डारी आफू , आफ्नो परिवारका लागिमात्र नभइ अरूका लागि पनि सक्दो सहयोग गर्न सक्नुपर्छ भन्ने उच्च मानवीय भावनाका प्रेरक व्यक्तित्व रहेका बताए।

सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक हरिकृष्ण कडायतले उनको व्यक्तित्व र कृतित्वको बारेमा विश्वविद्यालयले पनि अध्ययन गर्नुपर्ने बताए। भण्डारी परिवारको धनगढीको शैक्षिक सामाजिक विकासमा उल्लेख्य योगदान रहेकोउनले बताए।

स्व. भण्डारीका सुपुत्र राजेश भण्डारीले आफ्नाका पिताका प्रेरणाले सामाजिक शैक्षिक सांस्कृतिक क्षेत्रमा लाग्न उत्साहित बनाएको भन्दै साहित्य समाजका गतिविधिमा सक्दो गर्ने प्रतिवद्धता व्यक्त गरे। स्व. भण्डारीका भतिजा इन्जिनियर कृष्णगोपाल भण्डारीले काकाले कमजोर तप्कालाई सधैँ सक्दो सहयोग गरेको स्मरण गरे।

समारोहमा समाजका अध्यक्ष तीर्थराज पाण्डेयले साहित्य समाज परिसरमा स्व. बद्रीनाथ भण्डारीको शालिक स्थापना गर्न आह्वान गरेपछि सुपुत्र राजेश भण्डारीले एकाउन्न हाजार, बुहारी चित्रा भण्डारीले एघार हजार, भतिजा इन्जिनीयर कृष्णगोपाल भण्डारीले पन्ध्र हजार र भतिजा चित्रराज भण्डारीले एघार हजार शालिक निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिब गणेश बहादुर नेपालीले गरेका थिए।

प्रतिक्रिया