शुक्रबार, वैशाख २८, २०८१

बानेश्वरको दृष्यः आन्दोलनकारी भन्दा सुरक्षाकर्मी बढी (फोटोफिचर)

आयुश राठौर २०७८ फागुन १३ गते १६:१७

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सदाझैं शुक्रबार पनि एमसीसीविरुद्धमा प्रदर्शन भइरहेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी प्रस्ताव अनुमोदन गराउने तयारी भइरहँदा दिनहुँ सैयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

Advertisement

एमसीसीविरुद्धमा सत्तारुढ माओवादी केन्द्रका युवा, विद्यार्थी र मजदुर पनि सडक आन्दोलनमै छन् । दिनहुँ आन्दोलनको भार बढ्दै जाँदा संसद भवन परिसर आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

एमसीसीको विषय टुंगो नलागेकै कारण दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शनकारी बढ्ने क्रम रहे पनि शुक्रबार सडकमा प्रदर्शनकारी भन्दा बढी सुरक्षाकर्मी देखिएका छन् ।

शुक्रबार निर्धारित समय अगाडि नै वैठक स्थगित गरि आइतबारका लागि सारिएपछि प्रदर्शनकारीको चाप घटेको हो । आन्दोलनकारीको चाप कम भएकै कारण मध्यान्ह १२ बजे आसपासमा गाडी खुला छाडेपछि बबरमहल क्षेत्रमा ट्राफिक ब्यवस्थापन अस्तब्यस्त बनेको थियो ।

आज बानेश्वर क्षेत्रमा सानो संख्यामा प्रदर्शनकारी रहे पनि बानेश्वरदेखि माइतीघर सडक भने पूर्ण रुपमा अवरुद्ध छ ।


आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया