मंगलबार, जेठ ८, २०८१

कञ्चनपुरमा आगलागीमा परी महिलाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख २८ गते १८:५४

कञ्चनपुर। कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ।

Advertisement

जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो।  

उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया