सोमबार, जेठ ७, २०८१

टर्कीए प्रहरीद्वारा ३६६ शङ्कास्पद लागुऔषध कारोबारी पक्राउ

मेरोन्यूज २०८१ वैशाख २८ गते १९:३८

टर्कीए प्रहरीले लागुऔषध कारोबारी विरुद्धको व्यापक कारबाहीमा तीन सय ६६ संदिग्धलाई पक्राउ गरेको गृहमन्त्री अली येर्लिकायाले शुक्रबार बताउनुभएको छ ।

Advertisement

‘नार्कोसेलिक–१६’ भनिने अपरेसनहरू २० प्रान्तमा लागूऔषध उत्पादक र डिलरहरू विरुद्ध सञ्चालन गरिएको येर्लिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए।

उक्त अपरेसनमा कूल दुई सय ३० टोली र नौ सय ८० जना जेन्डरमेरी कर्मचारीको सहभागी भएको र सात सय केजी लागुऔषध तथा १३ हजार लागुऔषध चक्की बरामद गरिएको उनले बताए ।

अवैध लागूऔषध व्यापारीहरूले ट्रान्जिट हबका रूपमा प्रयोग गरेको टर्किएले गत वर्षदेखि लागूऔषध तस्करीमा कडाइ गरेको छ ।

प्रतिक्रिया