शुक्रबार, वैशाख २८, २०८१

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्ता ६ वर्षपछि १५ प्रतिशतले बढ्यो

दया दुदराज २०७८ जेठ १५ गते १८:३४

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन भत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

२०७२ माघमा कायम भएको दररेटअनुसार नै अहिलेसम्म रासनभत्ता वितरण हुँदै आएको थियो । पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको थिएन ।

गत माघ ९ गते गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरि उपयुक्त मात्रामा रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया