शुक्रबार, वैशाख १४, २०८१

बागलुङमा ट्याक्सी दुर्घटनाः दुईको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २९ गते ७:०५

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा मंगलबार राति ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । ट्याक्सीमा सवार एक महिला घाइते भएकी छन् ।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन् ।

दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी हुन् । घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको छ ।

प्रतिक्रिया