आइतबार, वैशाख २३, २०८१

मलामी गएका व्यक्ति भेरी नदिमा बेपत्ता, खोजीकार्यको लागि सशस्त्र प्रहरिकाे गोताखोर परिचालन

मेरोन्यूज २०८१ वैशाख १३ गते २०:५७

रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदिमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

Advertisement

सोही नगरपालिका-९ कोटजहारी बस्ने करीव ६१ वर्षिय नारायण खड्का मलामी गएको समयमा बैशाख १२ गते दिउँसो सो नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहिबार उनको खोजीकार्यको लागि उक्त स्थानमा पुगेको थियो । दिउँसो ३ बजेदेखि खोजीकार्य गर्दा उनको शव नभेटिएपछि सो टोली आश्रित गुल्म जाजरकोटमा फर्किएको छ भने शुक्रबार बिहानैदेखि उनको खोजीकार्यमा परिचालित हुनेछ ।

त्यस्तै चितवन र तनहुँको बीच भागमा पर्ने मुग्लिन पुल नजिकै त्रिशुली नदिको बीच भागमा अड्किएका एक पुरुषको शव सशस्त्र प्रहरीले बैशाख १३ गते बाहिर निकालेको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनबाट त्रिशुलीको बीच भागमा शव अड्किएको भन्ने जानकारी पाए लगत्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको सुरक्षा फौजले उक्त शव पानीबाट बाहिर निकालेको हो ।

प्रतिक्रिया