आइतबार, वैशाख २३, २०८१

नेपाली सेनाले माग्यो दरखास्त (सूचनासहित)

मेरोन्यूज २०८१ वैशाख १४ गते ८:२५

काठमाडौं ।  नेपाली सेनाले पदपूर्तिका लागि आवेदन माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त प्राविधिक, हवाई र विविध सेवातर्फका पदका लागी ३१९ जना सैनिक कर्मचारी मागेको हो।

Advertisement

रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ । आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । 

प्रतिक्रिया