शनिबार, जेठ ५, २०८१

गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत

मेरोन्यूज २०८१ वैशाख २३ गते १५:५०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । आइतबार बसेकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेका हुन् ।

Advertisement

गत चैत २५ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया