मंगलबार, वैशाख २५, २०८१

काठमाडौँमा डेढ करोड नगद र सुनसहित ७ जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख १४ गते ११:५६

काठमाडौँ । काठमाडौँमा प्रहरीले डेढ करोड नगद र सुनसहित ७ जनालाई पक्राउ गरेको छ।

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार उक्त नगद र सुन लिएर भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो।

घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया