शुक्रबार, वैशाख १४, २०८१

नागार्जुनमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

मेरोन्यूज २०७८ वैशाख २ गते १३:३५


काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका९१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी पक्राउ गरेको हो।

नागार्जुन नगरपालिका १ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।

प्रतिक्रिया