शुक्रबार, वैशाख १४, २०८१

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २ गते १२:५७


झापा । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्‍याएर फर्किने क्रममा बा २१ च ७९८४ नंम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने उत्सव घिमिरेको मृत्यु भएको हो । एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए ।

दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।

प्रतिक्रिया