बिहीबार, वैशाख २७, २०८१

कोलम्बियामा उड्दाउड्दै ठोक्किए दुई विमान (भिडियाे)

कोलम्बियाको विलाभिसेन्सियोमा ठूलो दुर्घटना भएको छ। यहाँ प्रशिक्षणमा रहेका वायुसेनाका दुई विमान उड्दाउड्दै एकआपसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा दुई पाइलटकाे निधन भएकाे छ ।

Advertisement

जानकारीका अनुसार यो घटना विलाभिसेन्सियो एयर बेसमा भएको हो। दुवै विमान आकाशमा उडिरहेको बेला एकअर्कामा ठोक्किएपछि एक विमान ग्रामीण क्षेत्रमा खसेको थियो ।

विमान खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरी र दमकल घटनास्थल पुगेर आगो निभाएका थिए ।

दुर्घटनाकाे भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया