सोमबार, जेठ ७, २०८१

कोशीका मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

मेरोन्यूज २०८१ वैशाख २७ गते १५:५९

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

Advertisement

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ ।

उक्त रिटको शुक्रबार पेसी तोकिएको छ ।

प्रतिक्रिया