सोमबार, जेठ ७, २०८१

चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

मेरोन्यूज २०८१ वैशाख २७ गते १६:५३

ललितपुर ।  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । 

Advertisement

ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । 

मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए । उनले शुल्कबाट सञ्चालित हुने शौचालय  ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको उनले बताए । शौचालय बनाएपछि त्यसको वरिपरी दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफुहरुले चिरेको बताउदै अब थप शौचालय बनाउदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए । स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुबिधा उपलब्ध रहेको बताइएको छ । 

अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ । 

प्रतिक्रिया