मंगलबार, वैशाख २५, २०८१

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम सभाको बैठक बिहीबारसम्म स्थगित

मेरोन्यूज २०७९ माघ २५ गते १२:१९

धनगढी । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने निश्चित भएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक एक दिन पर सारिएको छ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक बिहीबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको जानकारी दिए ।

Advertisement

प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो । सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मत नदिने बताएपछि बैठक एक दिन सारिएको हो ।

उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं आएका छन् । उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

रावलले बिहीबारसम्म विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया