आइतबार, जेठ ६, २०८१

धनगढीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

मेरोन्यूज २०८१ वैशाख २५ गते १९:००

धनगढी। धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

Advertisement

धनगढी उपमहानगरपालिका-४ सहिदगेटमा आज धनगढी-४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी-४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटना हुँदा चालक दुबै जना घाइते भएका छन्। घाइते भएका मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते दुबै जना अवस्था मध्यम रहेको छ।

प्रतिक्रिया