आइतबार, जेठ ६, २०८१

पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेललाई ९ वर्ष कैद सजाय

मेरोन्यूज २०८१ वैशाख २५ गते १८:२८

काठमाडौं । विशेष अदालतले पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

Advertisement

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय फैसला गरेको हो ।

विशेष अदालतले गत वैशाख ७ गते राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा सुनिल पौडेललाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया