आइतबार, जेठ ६, २०८१

संसद्‍मा बोल्न पाउँ भन्दै उपप्रधानमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

मेरोन्यूज २०८१ वैशाख २५ गते १८:२०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै  सभामुख देवराज  घिमिरेलाई पत्र पठाएका छन् ।

Advertisement

सहकारीको बचत अपचलनमा  मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । 


 

प्रतिक्रिया