शुक्रबार, वैशाख २८, २०८१

लमजुङका दुई कैदीबन्दीको कैद मिनाह

मेरोन्यूज २०७९ असोज ३ गते २०:११

Advertisement

लमजुङ । संविधान दिवसको अवसरमा लमजुङका दुई जना कैदीको कैद मिनाह भएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ७०२ जना कैदीलाई बाँकी कैद कट्टा गरी मिनाह गर्नेक्रममा लमजुङका पनि २ जनाको कैद मिनाह भएको हो । 

जिल्ला कारागार लमजुङबाट दुई जना 

कैदीबन्दी रिहा भएको जेलर तारा बहादुर तामाङले जानकारी बताए । उनका अनुसार सवारी ज्यान मुद्दा परेका सुन्दरबजार ७ का पवन घर्ती मगर र बेसीशहर १ का रूपेश विकको कैद मिनाह भएको हो ।

सुन्दरबजारका पवन घर्ती २०७८ फागुन ३ गतेका दिन सवारी ज्यान मुद्दामा एक वर्ष दुई महिना २७ दिनका लागि कारगार चालन भएको थियो भने बेसीशहर १ का रुपेश विक २०७८ पुस ७ गते सवारी मुद्धामा एक बर्ष १० महिना १६ दिनका लागि कारगार चलान भएका थिए ।

प्रतिक्रिया