शुक्रबार, वैशाख २८, २०८१

प्रचण्डलाई ‘इन्गेज’ मात्र गराइराख्ने भारतको नीति !

प्रचण्डसँगको सम्वन्धका लागि आगामी चुनावसम्म पर्ख र हेरको नीतिमा भारत रहन खोजेको विश्लेषण

शितल शर्मा २०७९ साउन २ गते ७:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारतको औपचारिक भ्रमण गरेर आइतबार साँझ काठमाडौं फर्केका छन् । भारतीय जनता पार्टीका अध्यक्षको निम्तोमा भारत पुगेर उनले भाजपाकै नेता प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अन्तिम समयमा भेट नै नपाई स्वदेश फर्किएका हुन् ।

Advertisement

आफ्नै दलका अध्यक्षले मेजमानीका साथ बोलाएका नेपालका पूर्व प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले अन्तिम समयमा आएर नभेट्नुले अनेक प्रश्न उब्जिएको छ ।

प्रचण्ड स्वंमयले भाजपाका अध्यक्ष जेपी नड्डासँगको भेटपछि वाहिरिँदै गर्दा आफनो भ्रमणको ‘क्लाइमेक्स’ बाँकी नै रहेको बताएका थिए । उनको त्यो ‘क्लाइमेक्स’ शब्दको अर्थ भनेको अव उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भन्ने नै अर्थ थियो । तर उनले भाजपा अध्यक्ष नाड्डासँगको भेटवाट बाहिरिएर होटल फर्किदै गर्दा वीचमै भारतीय प्रधानमन्त्रीको भेटका लागि समय नमिलेको खबर प्रचण्डले पाए । त्यसपछि उनी काठमाडौं फर्केका थिए ।

काठमाडौं फर्केपछि प्रचण्ड स्वंयमले सञ्चारकर्मीहरुसँग भने भेट अव किन हुन सकेन भन्नेमा तपाईहरु जस्तै मैले पनि थाहा पाएको छैन ।’

हुन त माओवादी अध्यक्ष प्रचण्ड दिल्ली भ्रमणमा जाँदासम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाट हुने नहुने विषय अन्यौल नै थियो । उनको भेटघाटको सेडुअलमा अन्य नेताहरुसँगको भेटघाटको विषय प्रष्ट उल्लेख भएपनि मोदीसँगको भेटको विषय उल्लेख थिएन । तर पनि प्रचण्डको सचिवालयले मोदीसँग भेट हुने विषय सार्वजनिक गरिनै रहेको थियो । तर अन्तिम समयमा उनले मोदीसँग भेट नै नगरी फर्किनु परेको छ ।

भाजपाकै अध्यक्षको निम्तोमा भारत भ्रमणमा आएका नेपालका एक जना पूर्व प्रधानमन्त्री, आउने संघ/प्रदेशको चुनाव पछिको परिणाममा निर्णायक मानिएको शक्तिका अध्यक्ष, आलोपालो उनले गठबन्धन गर्ने दलसाग प्रधानमन्त्रीको प्रस्ताव राखेर प्रधानमन्त्री बन्न सक्ने भनी प्रचारित नेता भारत भ्रमणमा आउँदा केही मिनेटको समय पनि भारतीय प्रधानमन्त्रीले किन निकालेर भेटन चाहेनन् ? भन्ने प्रश्न भने कुटनीतिक वृतमा उठेको छ ।

जानकारहरुका अनुसार, भारतीय सस्थापन पक्षसँग केही वर्षयता प्रचण्डको दूरी टाढिएको थियो । त्तकालिन नेकपाकालमा प्रधानमन्त्री रहेका केपी ओली चुच्चे नक्सा जारी गर्दा तिक्त बनेको सम्वन्धमा पछि सामन्त गोयलको बालुवाटार भेटपछि बन्दै गएको रहस्यमयी सम्वन्धमा प्रचण्ड भारतका लागि ‘एैजेरु’ बनिदिएको चर्चा कुटनीतिक वृत्तमा गरिने गरिएको थियो । उनले गोलयले बालुवाटारमा आएर मध्यरातसम्म तत्कालिन प्रधानमन्त्री केपी ओलीसँग गरेको वार्तालाई प्रचण्डले रुचाएका थिएनन । उनले त्यस विषयमा निरन्तर पार्टीभित्र विरोध मात्रै गरिरहे ।

यसले प्रचण्डसाग भारत रिसाएको थियो । त्यसयता प्रचण्डप्रति भारतले खास रुची देखाएको पनि थिएन । उनलाई सक्दासम्म भारतले ‘कर्नर’ मात्रै पार्न खोजेका थिए । चीनप्रति प्रचण्डको ओलीको भन्दा पछिल्लो चरणमा ढल्काई वढी देखिएको, उनले भारतमै पुगेर पनि १९५० को सन्धि पूनरावलोकन देखि प्रवुद्ध ब्यक्तिहरुको समुह पीपीजीको प्रतिवेदन दुवै देशले वुझनुपर्ने र नेपाल भारत सीमा समस्या वार्ता गरेर छिनोफानो लगाउनु पर्ने भाषण दिएका थिए ।

यसप्रति पनि भारतको खास रुची उनीप्रति थिएन । तर उनलाई टाढा राख्ने पक्षमा पनि भारत नरहेको उनलाई भारतीय जनता पार्टीले निम्तो दिएर गरेको मेजमानीले चित्रित गरेको कुटनीतिक वृत्तका मानिसहरु बताउँछन् । ‘आउने चुनावमा प्रचण्डको पार्टी जता ढल्किन्छ, उतै सरकार बनाउन पुगने बहुमत आउने देखिन्छ । त्यसमाथी प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कार्ड फँयाकेर फेरि उनी केही समय प्रधानमन्त्री बन्न सक्छन् भन्ने चित्र नेपालमा देखिँदैछ,’ एक जना कुटनीतिक क्षेत्रका जानकारले भने,–‘त्यही कारण प्रचण्डलाई इन्गेजमात्र गराईराख्न अहिले भारतले चाहान्छ । सोहीकारण आफ्नै पार्टी अध्यक्षले भारत भ्रमणको निम्तो दिने र भाजपाकै नेता प्रधानमन्त्री मोदीले नभेटी पठाईदिने गर्नुले पनि त्यही सन्देश दिन्छ ।’

सरकार चलाईरहेको भाजपाले नेपालका अन्य दलका नेतासँग भन्दा प्रचण्डलाई अहलिे निम्तो गरेर भारत भ्रमण गराउनु भित्र उनलाई भारतलेम हत्व दिएको देखाउन रहेको पनि ति जानकार बताँउछन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सहितको टोलीले नेपाल आएर राजनीतिक दलका नेताहरुसँग भेट गरेर फर्केको भोलिपल्टै प्रचण्डलाई भारतले दिल्लीमा स्वागत गरेको थियो । यस अर्थमा भारतले प्रचण्डलाई महत्व दिएको जस्तो गरेर ‘इन्गेज’ मात्र गरेको र उनीसँगको सम्वन्धका लागि आगामी चुनावसम्म पर्ख र हेरको नीतिमा भारत रहन खोजेको हुनसक्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया