बिहीबार, वैशाख २७, २०८१

एमसीसीविरुद्ध विरोध प्रदर्शन (तस्वीरहरु)

जुली गिरी २०७८ पुष ६ गते १६:२४

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको हो ।

Advertisement

‘एमसीसी चाहिँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’, ‘गो ब्याक एमसीसी’, राष्ट्रघाती एमसीसी चाहिँदैन, देश बेच्न पाईदैन’ लगायतका नारा लगाएर एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिएको हो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनतान्त्रिक मोर्चा नेपालले पार्टी लगायतले संयुक्त विरोध गरेका हुन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया