बुधबार, वैशाख २६, २०८१

देउवाको प्यानलमा डन गणेश लामादेखि खुमबहादुरकी श्रीमतीसम्म

मेरोन्यूज २०७८ मंसिर २६ गते ८:४१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा फेरि दोहोरिने गरी गरेको प्यानलसहितको उम्मेदवारीमा विभिन्न पृष्ठभूमिका व्यक्ति समेटिएका छन् । देउवाको प्यानलमा विजयकुमार गच्छेदारसँग रहेका काभ्रेका डन गणेश लामादेखि पूर्व गृहमन्त्रीसमेत भएका दिवंगत नेता खुमबहादुर खडकाका श्रीमती शीला शर्मा खड्कासम्म परेका छन् ।

Advertisement

देउवाको प्यानलमा रसुवाका ठेकेदार मोहन आचार्य, डन गणेश लामासहितका विभिन्न पृष्ठभूमिका नेताहरू खुल्ला ३५ जना केन्द्रीय सदस्यकै सूचीमा परेका हुन् । केन्द्रीय सदस्यको महिला ९ जनामध्ये ७ जनाको नाम मात्रै देउवाले सिफारिस गरेका छन् । यो सूचीमा देउवाले आफ्नै पत्नी
डा. आरजु देउवा राणालाई समेत समेटेका छन् ।

प्रत्येक प्रदेशबाट एक महिलासहित ३ जना चुनिनेमा लुम्बिनीबाट देउवाको टिममा खुमबहादुर खड्काको श्रीमती परेकी छन् । खड्काकी श्रीमती शीला शर्मा खड्कालाई देउवाले आफ्नो टिममा राखेका हुन् ।

केन्द्रीय सदस्य आदिवासी जनजातिको कोटामा ७ महिलासहित १५ जनामा उनले व्यापारीसमेत रहेका पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई समेत समेटेका छन् । केन्द्रीय सदस्य खस आर्य ६ महिलासहित १३ जना चुनिनेको सूचीमा वर्तमान गृहमन्त्री रहेका बालकृष्ण खाँणको श्रीमती मञ्जु खाँणसमेत परेकी छन् ।

गृहमन्त्री खाँण महामन्त्रीका आकांक्षी थिए । तर, पदाधिकारीमा स्थान पाउन नसकेपछि उनी खुल्ला केन्द्रीय सदस्यमा थन्किएका छन् । उनको दम्पत्ति नै देउवाको प्यानलमा परेका छन् ।

यस्तै, उद्योगपतिसमेत रहेका विनोद चौधरी पनि देउवाको प्यानलमा परेका छन् । उनी केन्द्रीय सदस्य मधेसी ४ महिलासहित ९ जना चुनिनेको सूचीमा छन् । उनले मधेसी आरक्षणमा उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस् :

देउवाको अन्तिम सूचीमा को-को परे ? (सूचीसहित)

पौडेल निवास पुगेर प्रधानमन्त्रीले भने : राजनीतिबाट नबाहिरिनुहोस्

प्रतिक्रिया