आइतबार, जेठ ६, २०८१

पौडेल निवास पुगेर प्रधानमन्त्रीले भने : राजनीतिबाट नबाहिरिनुहोस्

मेरोन्यूज २०७८ मंसिर २६ गते ८:२९

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुगेका छन् । पौडेललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राति पौडेल निवास पुगेका हुन् ।

Advertisement

भेटमा देउवाले भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्यमा राम्रो ख्याल गर्नुहोस् ।’ पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।

महाधिवेशनलाई स्वस्थ प्रतिस्पर्धा बनाउन लागेका साथीहरूले कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पौडलले आग्रह गरे ।

प्रतिक्रिया