शनिबार, वैशाख १५, २०८१

देउवाको अन्तिम सूचीमा को-को परे ? (सूचीसहित)

मेरोन्यूज २०७८ मंसिर २६ गते ८:१०

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको प्यानलको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको सूची तयार भएको छ । मेरोन्यूजलाई प्राप्त भएको सूचीमा केन्द्रीय सदस्य मधेशी (४ महिलासहित ९ जना) जनाबाहेक सबैको नाम तय भएको छ ।

सूचीमा गृहमन्त्री बालकृष्ण खाँण खुल्लामा र पत्नी मञ्जु खाँण महिला केन्द्रीय सदस्य सूचीमा उम्मेदवार बनेका छन् । १ सय ६७ सदस्यीय कार्य समितिमध्ये १ सय ३४ पदका लागि सोमबार मतदान हुँदै छ ।

कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्यका लागि सोमबार निर्वाचन हुँदै छ । हिजो शनिबार दर्ता गरेको उम्मेदवारीमा आज फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्नेसम्मका कार्यसूची निर्वाचन आयोगले बनाएको छ ।

सभापति देउवाले फेरि सभापतिमा दोहोरिने चाहना राख्नु र संस्थापनइतर समूहमा बनिरहेको गुट भत्कने गरी नयँ समीकरण देखिएपछि धेरैजसो पदाधिकारीका आकांक्षीहरु अन्तिम समयमा केन्द्रीय सदस्यमै थन्किने गरी आएपछि उम्मेदवारको संख्या बढेको छ ।

वर्तमान सभापति देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूरै प्यानलसहित उम्मेदवारी दिएका छन्  । उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति प्रकाशमान सिंहले आंशिक टिम बनाएका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

देउवाले सभापतिमा आफूलाई सुरक्षित बनाउन कृष्णप्रसाद सिटौलाको तेस्रो धारलाई आफूमा विलिन गराएका छन् । त्यसो हुँदा देउवाले टिममा पदाधिकारीका आकांक्षीलाई सदस्यमा थन्काउन बाध्य भएका छन् ।

देउवाको टिममा विजय गच्छेदारसँग रहेका काभ्रेका डन गणेश लामा देखि पूर्व गृहमन्त्री समेत भएका दिवंगत नेता खुमवहादुर खडकाका श्रीमति शिला शर्मा खड्का सम्म पनि परेका छन् । रसुवाका ठेकेदार महेश आचार्य, डन गणेश लामा खुल्ला ३५ जना केन्द्रीय सदस्यकै सूचिमा परेका छन् ।

केन्द्रीय सदस्य महिला ९ मा ७ जनाको नाम मात्रै देउवाले फाइनल गरेका छन् । यो सूचीमा देउवाले आफ्नै पत्नी डा. आरजु देउवा राणालाई समेटेका छन् । प्रत्येक प्रदेशवाट एक महिला सहित ३ जना चुनिनेमा लुम्बिनीबाट देउवाको टिममा खुमवहादुर खडकाको श्रीमति पनि परेकी छिन् । शिला शर्मा खड्का खुमवहादुरकी श्रीमति हुन । देउवाले उनलाई पनि आफनो टिममा राखेका छन् ।

केन्द्रीय सदस्य आदिवासी जनजातीको कोटामा ७ महिला सहित १५ जनामा उनले ब्यापारी समेत रहेका पूर्व राज्यमन्त्री उमेश श्रेष्ठसमेतलाई आफ्नो टिममा समेटेका छन् । केन्द्रीय सदस्य खस आर्य ६ महिला सहित १३ जना चुनिनेको सूचिमा गृहमन्त्री रहेका बालकृष्ण खाणको श्रीमति मन्जु खाण देउवाको टिममा परेकी छिन् । उनका श्रीमान महामन्त्रीका आकाक्षी थिए । तर पदाधिकारीमा स्थान पाउन नसकेपछि वालकृष्ण पनि खुल्ला केन्द्रीय सदस्यमा थन्किएका छन् । उनको वुढावुढी नै देउवाको टिममा परेका छन् ।


उधोगपति समेत रहेका विनोद चौधरी पनि देउवाको टिममा परेका छन् । उनी केन्द्रीय सदस्य मधेशी ४ महिला सहित ९ जना चुनिनेको सूचिमा छन् । उनले मधेसी आरक्षणमा उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

देउवाको प्यानलमा डन गणेश लामादेखि खुमबहादुरकी श्रीमतीसम्म

बालुवाटारमा पुग्यो कांग्रेस सभापतिमा देउवाले जित्ने यस्तो आँकडा

यी हुन् देउवाका टिमका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको सूची

प्रतिक्रिया