बिहीबार, वैशाख २७, २०८१

महिला ऋणका लागि बैंक की साना व्यापारीको कमजोरी ?

किरण अधिकारी २०७८ मंसिर ६ गते १८:५१

काठमाडौं । नेपालको मुख्य राजधानी काठमाडौं महानगरपालिकाको कोटेश्वरस्थित बच्चा तथा महिलाको लुगा कपडा पसल (श्रेयन वल्र्ड)की सञ्चालक समिता लुइँटेलले महिला ऋणका लागि मेगा बैंकमा निवेदन दिइन् । श्रयन वल्र्ड दर्ता कागजात, छाप सहित निवेदन लिएर सबै प्रक्रिया पूरा गर्न १५ दिनअघि मेगा बैंकमा ऊनी पुगिन् । तर सहज ऋण पाइनन् ।

वल्र्डकी सञ्चालिका लुइँटेलले भनिन्– ‘बैंकले पसल अवलोकनका लागि कोटेश्वरस्थित श्रेयन वर्डमा पुगी फोटो खिचेर प्रक्रिया अगाडि बढेकोले बैंकमा खाता खोल्न भन्यो, व्यक्तिगत र संस्थागत खाता खोल्दा ३ हजार ५ सय रुपैयाँ खर्च भयो तर मंसिर ५ गते आइतबार कार्यालय पुग्न सूचना दिएपनि वाणिज्य विभागमा दर्ता गर्न भन्यो ।’

Advertisement

उनले भनिन्– ‘वाणिज्य विभागले विदेशी वस्तु निर्यात गर्ने संस्थाको मात्र विभागमा दर्ता हुने पसलहरु सबै स्थानीयस्तरमा गर्नुपर्ने जनाएपछि, वडामा दर्ता गरी प्यानमा समेत सहभागि भइयो, शूरुमा खाता खोल्नुअघि वडाको दर्ता मान्य छ भन्ने बैंकले अहिले नहुने काम गर भन्दा कसरी गर्ने ? आश देखाएर अनामनगरबाट कोटेश्वर पुर्याउँछु भन्दै, बानेश्वरमा ल्याएर आफै जा भन्दा कसरी जाने ? अब कसरी प्रक्रिया पूरा हुन्छ ? समस्यामा पो परियो, कसलाई भन्ने कसरी नियमानुसार ब्याज तिर्नेगरी ऋण पाउँने सरकारी निकायले मिल्दैन दर्ता स्थानीय निकायमा जा भन्दा के गर्ने तनाव पो भयो ।’

समिता जस्तै मीनभवनकी पराजुली क्याफेकी रमा पराजुली पनि क्याफेलाई आकर्षित बनाउनका लागि सामान खरिद गर्न महिला ऋणका लागि नबिल बैंकमा निवेदन दिइन् तर सहज रुपमा उपलब्ध नगराएकोमा दुःखी छिन् । उनले पनि समिताकै जस्तै दुखेसो पोख्दै भनिन्– ‘राष्ट्र बैंकको पैसालाई ऋण दिन मध्यस्तकर्ता भएका वित्तीय संस्थाले साना व्यवसायीसँग किन निहुँ खोजेका ? खाता संख्या बढाउन खाता खोल भन्ने पसल अवलोकन गर्ने तर अन्तिममा दोष हामीलाई देखाउने प्रकृया वास्तवमा ठीक छैन, अब कता जाने थाहा छैन ।’

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । रमा र समिता जस्तै धेरै साना व्यवसायी महिलालाई महिला ऋणका लागि समस्या परेको छ । के वाणिज्य विभागले दर्ता रोकेको हो त ? विभागका प्रवक्ता शिवराज सेडाईँले २०७७ माघ १ गतेदेखि साना व्यवसाय स्थानीयस्तरमा दर्ता गर्ने निर्णय भएकाले विभागमा दर्ता गर्न नमिलेकाले वडामा सबैलाई पठाउने गरिएको बताए ।

उनले मेरोन्युजसँग कुरा गर्दै भने– ‘माघअघिसम्म सबै कार्य विभागले गथ्र्यो, माघदेखि अन्तराष्ट्रिय स्तरबाट आयात र उताबाट निर्यात गर्ने संस्था मात्र विभागमा दर्ता हुन्छ । अरु सबै स्थानीयस्तरमा नै हो, वाणिज्य बैंकहरुले साना व्यवसायीलाई नपत्याएको र वडालाई वास्ता नगरेका कारण समस्या देखिएको हो ।’ यसका लागि सम्बन्धित व्यक्ति नै प्रक्रिया अगाडि बढाएको बैंक र केन्द्रीय बैंकलाई ढक्ढकाउनुको विकल्प नभएको सेढार्इँले बताए । उनले सरकारी नियमानुसार विभागले काम गरेकाले विभागलाई दोष दिन नमिल्ने उल्लेख गरे ।

महिला ऋण सामाजिक उत्तरदायित्व अन्तर्गत भएकाले वित्तीय संस्थाले काम गर्नुपर्ने होइन त ? मेगा बैंकका केन्द्रीय कार्यालयका ऋण विभाग प्रमुख रुक्मिणी महर्जनले राष्ट्र बैंकले वाणिज्य विभागमा दर्ता हुनुपर्ने नियम राखेको बताइन् । स्थानीयस्तरको दर्ताको सूचना हामीकहाँ नपुगेकाले के रहेछ, बुझेर मात्र भन्न सकिने उनले बताइन् । उनले भनिन् ‘हामी मध्यस्थकर्ता भएपनि राष्ट्र बैंकको नियमानुसार चल्ने भएकाले उसले हुन्छ ऋण दे भन्यो भने दिने हो । अवरोध हामीबाट हुँदैन, ढक्क हुनुस् सबै जना ।’

सबै मैं चोखो भन्ने प्रवत्तिले पनि साना तथा मझौला व्यवसायीलाई समस्या परेको प्रष्ट छ तर पनि नेपालको केन्द्रीय बैंक जसले सामाजिक उत्तरदायित्वको नारासहित वित्तीय संस्थालाई निर्देशनका साथै अवलोकन गर्छ । आफ्नै पैसा लैजा र केही गर्ने महिलालाई १५ लाख रुपैयाँसम्म ऋण दिनु भनेर निर्देशन गर्नेले माथिका उदाहरण जस्तै महिलालाई उपलब्ध गराउन लागेको छ त ? केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले पहिलाको नियमावली अनुसार वाणिज्य विभागमा दर्ता हुनुपथ्र्यो, समायानुसार नियम परिवर्तन भएकाले वित्तीय संस्थाले सर्वसाधारण र केही व्यवसाय गर्छु भनेर लागेका महिलालाई समस्यामा पार्न नहुने बताए ।

उनले मेरोन्युजलाई भने–‘स्थानीयस्तरको दर्तालाई कसैले हेला गर्न मिल्दैन, देश प्रदेश, स्थानीयमा गएकाले बाधा ल्याउन कसैले मिल्दैन, ऋणका लागि अगाडि बढेका वित्तीय संस्थाले कसैलाई समस्यामा पार्न मिल्दैन ।’

प्रवक्ता ढकालले सबै प्रक्रियामा ठीक हुँदा पूरानो नियम देखाएर वित्तीय संस्था भाग्न नहुने भन्दै कुन बैंकले के के गरेर समस्यामा पारे पीडित महिला व्यवसायीले केन्द्रीय बैंकमा निवेदन दिन सक्ने जानकारी दिए । उनले अवलोकलन गरी समस्याको समाधानमा राष्ट्र बैंक लाग्ने र कार्यमा अप्ठ्यारोमा पार्ने वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी दिए ।

अब समस्यामा परेका साना तथा मझौला महिला व्यवसायीको ऋण सहज कसरी प्राप्त हुन्छ र कति दिन लाग्छ त्यो भने हेर्नै बाँकी छ । होइन भने राम राम बगलीमा छुरा उखान कसको मुखबाट आउने हो ? ऋणका लागि बैंक की साना व्यवसायी कमजोर प्रष्ट कहिले हुने हो, पर्ख र हेर भन्नु नै पर्ने देखिन्छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया