बिहीबार, वैशाख २७, २०८१

आयल निगम भन्छः मूल्य बढाए पनि निगम घाटामै

‘जिरो प्रोफिट एभ्रिडे, जिरो लस एभ्रिडे’ः अर्थविद् डा.वाग्ले

किरण अधिकारी २०७८ कार्तिक २५ गते २०:४०

काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले मुल्य बढाएपनि निगम घाटामा गएको बताएका छन् ।

आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाण्डौमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्य बढ्दो मुल्य र यसको अर्थ राजनीति विषयक छलफलमा उनले इन्धनको मूल्य अन्तर्राष्ट्रिय मूल्य अनुसार बढाएपनि अझै घाटामा रहेकाले विकल्प नभएको बताए ।

Advertisement

प्रबन्ध निर्देशक पौडेलले नेपालले यसअघि नै प्रतिलिटर १ सय ४० रुपैयाँ पेट्रोल कारोबार गरेको थियो । तर, अन्यमा भने यसरी मूल्य नबढेपनि हालको मूल्यले नयाँ रकेर्ड कायम गरेको इच्छाले नभएर बाध्यताले भएको गुनासो गरे ।

उनले विद्यार्थी संगठनहरु विरोधमा उत्रनुको सट्टा तथ्याङ्कमा छलफल गर्न आवश्यक रहेको उल्लेख गरे । नेपाल आयल निगमका प्रबन्ध निर्देशक पौडेलले तथ्यांक निगमको वास्तविक अवस्था भएको भन्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यता भएको दावी गरे ।

घाटा पूर्ति गर्न आयल निगमले बैंकहरुबाट पैसा झिकिरहेको बताउँदै सरकारले नै यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने उनले सुनाए । उनले निगमका कर्मचारीले २०५८ देखि बोनस नखाएको गुनासो गर्दै उनले भने, ‘हामी पनि इतिहासमा कलंकित हुन चाहेका छैनौँ ।’

प्रबन्ध निर्देशक पौडेलले पेट्रोलियम पदार्थको जबसम्म विकल्प हुँदैन, तबसम्म मूल्य समायोजनको विकल्प नहुने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले आफ्नो देशको उत्पादन नहुँदा समस्या भएको सुनाए । राजस्व रणनीतिअनुसार नै राजश्व उठाइएको भन्दै उनले नेपालमा भारतकै तुलनामा पनि पेट्रोलियम पदार्थ सस्तो रहेको बताए । उनले निगमले देखाएको तथ्यांक हेर्दा यो बाध्यता नै रहेको दावी गरे । अहिलेको बाध्यकारी अवस्थालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने सुनाए ।

सहसचिव श्रेष्ठले भने, ‘आफ्नै देशमा उत्पादन हुने जलविद्युतको प्रयोग बढाउन सरकारले रणनीति बनाइसकेको अवस्था छ ।’
कार्यक्रममा अर्थविद् डा. अच्युत वाग्लेले आयल निगमको स्वामित्व सरकारले छाड्नुपर्नेमा जोड दिए ।

निगमन राखिराख्नुमा ठूलो राजनीतिक स्वार्थ रहेको उनले टिप्पणी गरे । निगम जस्ता घाटामा रहेका सार्वजनिक संस्थानहरु खारेजी वा निजीकरण गर्नुपर्नेमा अर्थविद् डा. वाग्लेको जोड थियो ।

उनले भने, ‘निगममा स्वचालित मूल्य समायोजन गर्नका लागि ‘जिरो प्रोफिट एभ्रीडे, जिरो लस एभ्रिडे, एभ्री फिफ्टिन डेज’ बनाउनुपर्छ ।’
कर घटाउने कुरा उच्च मध्यम वर्ग र उच्च वर्गको हित हुने बताउँदै उनले यसो गर्न नहुने बताए ।

वाग्लेले दवाव समूह पनि उच्च मध्यम वर्ग र उच्च वर्गको हतियार भए, त्यसकारण कर त बढाउनुपर्छ, घटाउने हैन । बरु करको सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

अर्का अर्थविद् डा. विश्वास गौचनले भने तथ्याङ्कलाई आधार मान्ने हो भने पेट्रोलियम पदार्थको मूल्य स्वभाविक भएको बताए । उनले निगमलाई घाटामा पठाउनु उपयुक्त नहुने बताउँदै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सबै राजनीतिक पार्टीका विद्यार्थी संगठनहरुले शुक्रबारदेखि आन्दोलनमा उत्रने बताएका छन् । समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले स्वचालित मूल्य समायोजनको नाममा पटक पटक मूल्यवृद्धि गरेर जनतालाई अप्ठ्यारोमा पारेको बताए ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आयल निगमले मूल्यवृद्धि गरिरहँदा आयल निगमका प्रबन्ध निर्देशकले पदमा बसिरहन नमिल्ने टिप्पणी गरे । मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्नेमा जोड दिदै उनले भने, गरिरहँदा सबै नेपाली रोइरहेका छन्, यो निर्णय तत्काल फिर्ता गर्नुपर्छ ।’

यस्तै, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुनै निगमलाई घाटाको व्यापार गर्न छुट नभएको बताइन् । ‘कुनै बेला विद्युत प्राधिकरणले १८ घन्टा लोाडशेडिन गर्दा पत्याउने नागरिक हामी हौँ । त्यसो हुँदा निगमको पनि घाटाको व्यापार सुन्दा ल्याप्चे लगाइदिउँ जस्तो लाग्यो । यो हाम्रो नियति हो कमेन्ट नै नगरौँ जस्तो लाग्यो,’ उनले भनिन् ।

अध्यक्ष सिंहले आज समस्याहरुको समाधान पनि छ भन्ने ठाउँमा आफू उभिएका र आज विद्युत प्राधिकरणले विश्वबजारमा विद्युत बेचेझै पेट्रोलियम पदार्थमा मनपरी गर्न नुहुने उल्लेख गरिन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले स्वचालित मूल्य प्रणाली स्वचालित नभई स्वेच्छाचारिक भएको टिप्पणी गरे । उनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि निःर्शत र अविलम्ब घट्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनकै विद्यार्थी संगठनबाट आन्दोलन घोषणा

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया