शुक्रबार, वैशाख १४, २०८१

अवैध ९५ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

मेरोन्यूज २०७८ असोज ९ गते १२:२८

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगाबाट प्रहरीले ९५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । चितवनबाट आउँदै गरेका दुई जना युवाको साथबाट स्रोत नखुलेको अवैध ९५ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक सागर माली र कृष्ण अढाडे रहेका छन् । भारतको मुम्बई घर भएका उनीहरू ग १ ख ६६४५ नम्बरको माइक्रोमा चितवनबाट काठमाडौँ आउँदै गरेका थिए ।

माइक्रोको सिट नम्बर ८ र ९ मा बसेका उनीहरूको झोला जाँच गर्दा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।

प्रतिक्रिया