सोमबार, वैशाख २४, २०८१

कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल

मेरोन्यूज २०८१ वैशाख १४ गते १७:४५
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक केन्द्रीय सभालाई सोमबार सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर :प्रदीपराज वन्त / रासस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन् ।

Advertisement

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुटनबाट बचेको बताए ।

अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए । उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भूँईमै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए । ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छ । यो कुरा पनि हेक्का राख्नुपर्छ । कोही पनि घमण्डी नहुन्,’– उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने नेताहरुको दिमागमा घमण्ड सवार भए २०७४ को बहुमतलाई टिकाउन नसकेको टिप्पणी गरेका थिए ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने बताउदै कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए । 

प्रतिक्रिया