शुक्रबार, वैशाख २८, २०८१

पिएनजी ३३ ओभरमा अलआउट, नेपालसामू १३५ रनको लक्ष्य

आयुश राठौर २०७८ भदौ २२ गते १३:५४

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १३४ रनमा अल आउट गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिएसँगै पपुवा न्युनिनी पराजीत भएको हो ।

Advertisement

टस हारेर फिल्डिङ लगेको नेपालले बलिङ गरेको थियो । नेपालका लागि विक्रम शोब र कुशल मल्लले २–२ र सोमपाल कामीले १ विकेट लिए । दुई खेलको सिरिजअन्तर्गत नेपालले आज पिएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल भने शुक्रबार हुने छ ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया