शुक्रबार, वैशाख २८, २०८१

सरकारले पत्रकारलाई नि:शुल्क उपचार सुविधा दिने

मेरोन्यूज २०७८ जेठ १५ गते १८:३०

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई नि:शुल्क उपचार सुविधा दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत यो जानकारी गराएका हुन् ।

Advertisement

उनले प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

पौडेलले सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिने जानकारी गराए ।

प्रतिक्रिया