मंगलबार, जेठ ८, २०८१

स्वर्गीय नेता चौलागाईंको तेस्रो स्मृतिसभा सम्पन्न

मेरोन्यूज २०८१ वैशाख २८ गते २१:४०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता पशुपति चौलागाईंको तेस्रो स्मृतिसभा सम्पन्न भएको छ ।

Advertisement

दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्व।चौलागाईं सरल स्वभावका साथै कम्युनिष्ट आदर्शप्रति निष्ठावान् नेताका रूपमा परिचित रहेको बताए । नेता चौलागाईं आफूले भर गरेको एक प्रभावशाली नेता रहेका भन्दै अध्यक्ष नेपालले उहाँको अवसानले नेपालको राजनीतिक तथा सामाजिक विकासमा ठूलो क्षति पुगेको विचार व्यक्त गरे ।

राष्ट्रियसभा सदस्य घनश्याम रिजाल (विश्वकर्मा) ले देशमा सुशासन कायमगरी समाजको विकास तथा जनताको समृद्धि हासिल गर्न चौलागाईं सधैँ चिन्तन गर्ने नेताको रूपमा आफूले पाएको स्मरण गरे ।

मञ्चका अध्यक्ष विकल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा निर्वाचन आयोग प्रमुख माधव पौडेल, नेतृ सावित्रा भुसाल, दोलखा जिल्ला कमिटी अध्यक्ष भीम दहाललगायतले चौलागाईंको राजनीतिक व्यक्तित्व तथा योगदानको चर्चा गरे । त्यसअवसरमा चौलागाईंका बारेमा विभिन्न व्यक्तिका लेख समेटेर प्रकाशित कृतिसमेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया