मंगलबार, वैशाख १८, २०८१

चालु आर्थिक वर्षमा ५० हजारले पाए रोजगारी

मेरोन्यूज २०७८ जेठ १४ गते १६:५१

काठमाडौं । सरकारले चालू वर्षमा ४८ हजार बेरोजगारलाई पूर्ण रोजगारी दिएको दाबी गरेको छ ।

आर्थिक सर्वेक्षण २0७७/७८ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हालसम्म ४८ हजार ७ सय ८१ जनलाई पूर्ण रोजगारी दिएको जानकारी गराएका हुन् । गत वर्ष कोभिड केन्द्रित बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारीलाई प्राथमिकता दिएका थिए ।

विभिन्न किसिमका कार्यक्रममार्फत ८ लाख बढीलाई रोजगारी दिइने लक्ष्य बजेटमार्फत राखिए पनि हालसम्म आंशिक रोजगारी ४ लाख ४३ हजार ४ सय ६७ जनालाई र पूर्ण रोजगारी ४८ हजार ७ सय ८१ जनालाई दिइएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

चालू आर्थिक वर्षमा अर्थतन्त्रका कुनै पनि क्षेत्र ऋणात्मक नहुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमतन्त्रमा मुख्य योगदान पु¥याउने प्रथम कृषि, द्वितीय उद्योग क्षेत्र र तृतीय सेवा क्षेत्र सबैको बढोत्तरी हुने अनुमान गरेको छ ।

चालू वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत उद्योग क्षेत्रको वृद्धिदर ५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ । त्यस्तै, समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २५.८ उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१ प्रतिशत हुने अनुमान गरिएको छ ।

देशको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब रुपैयाँको पुग्ने अनुमान गरिएको छ । जसमा बागमती प्रदेशको योगदान ३७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ४ प्रतिशत हुने अनुमान गरिएको छ । यो आंकलन चालू वर्षको ९ महिनामा आधारित हो ।

यो पनि पढ्नुहोस्

आर्थिक वृद्धि केही कम हुन सक्छ : अर्थमन्त्री

प्रतिक्रिया