मंगलबार, जेठ ८, २०८१

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख १८ गते १५:०३

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

Advertisement

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।

प्रतिक्रिया