मंगलबार, वैशाख १८, २०८१

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

मेरोन्यूज २०७७ चैत २७ गते १५:३३

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको जानकारी दिए ।

डा. गौतमका अनुसार पछिल्लो समय देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर बढ्दै गएकाले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत भिडभाड हुने स्थलहरु बन्द गर्नुपर्ने अवस्था आउनसक्ने छ ।


भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने पनि मन्त्रालयले जनाएको छ

प्रतिक्रिया