शुक्रबार, वैशाख २८, २०८१

राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

मेरोन्यूज २०८१ वैशाख १५ गते २१:००

Advertisement

रौतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानिय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ।

गाँजा सहित पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका १ बजार टोलका अटो रिक्सा चालक वर्ष ४२ को अनन्त बराइली  र निजको श्रीमती वर्ष ३५ की मन्जु बराइली रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

कटहरिया २ स्थित अस्थायी प्रहरी पोष्ट छेदिचौकबाट खटिएको  गस्ती टोलीले बिशेष सूचनाको आधारमा  वडा २ छेदिचौकमा प्र.२-०३-००१ह ३१५ नम्बरको  अटोलाई चेकजाँच गर्दा सिटमुनि रातो झोलामा लुकाई ल्याएको १० किलो ५ सय ग्राम गाँजा बरामद गरेको थियो।

बरामद गाँजा संगै प्रहरीले अटो चालक अनन्त  र निजको श्रीमती  मन्जु लाई पक्राउ गरेको छ । गाँजा, अटो र चालक दम्पती लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको तथा थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया