बिहीबार, वैशाख २७, २०८१

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी

मेरोन्यूज २०८१ वैशाख १५ गते १८:४३


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

Advertisement

केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बसेको आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताए ।

निर्देशिकाले जसपाको करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।

सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।

प्रतिक्रिया