बिहीबार, वैशाख २०, २०८१

६२० किमी रेन्ज दिने ईभी यसयूभी सार्वजनिक

मेरोन्यूज २०८१ वैशाख ७ गते १५:३५

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रूपमा चीनको विश्व प्रख्यात ब्रान्ड स्काइवेल प्रिमियम लक्जरी ईभी यसयूभी नेपालमा सार्वजनिक गरेको छ ।

६२० किमी रेन्ज दिने, पाँच स्टार सेफ्टी रेटिङ प्राप्त रियल ईभी यसयूभी सार्वजनिक गरेको छ । साथै, जी मोटर्स प्रालिको राधेराधे भक्तपुरस्थित स्काइवेल सोरुमको समुद्घाटन गरी नौ थान गाडी ग्राहक माझ डेलिभरी गरेको छ ।

एक समारोहबीच चिनियाँ दूतवासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयू, स्काईवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जू र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्तरूपमा सोरुमको समुद्घाटन गर्दै गाडीको सार्वजनिक गरिएको थियो ।

नाडाबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुआत गरेको जी मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवम् नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दूरी एक सिंगग चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले जनाएको छ । गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै एक वर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा वैशाख महिनाभर रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी गराए ।

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको कम्पनीले जनाएको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी), १५० किलोवाट मोटर क्यापासिटी, सीएनएसीपी फाइभ स्टार सेफ्टी, ६२० किमी रेन्ज फर्स्ट टाइम इन नेपाल, अटो पार्किङ यसका विशेषता हुन् ।

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी इटी फाइभ भित्र्याएको स्काइवेल इटी फाइभले एक पटकको फुल चार्जमा ६२० किलोमिटर रेन्ज दिन्छ ।

स्काइवेल इटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै, यो एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल इटी फाइभ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतिघण्टाभन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङको अनुभूति दिलाउने छ ।

स्वाइवेल इटी फाइभमा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ । स्काइवेल इटी फाइभको नेपाली बजार मूल्य एक करोड ९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया