शुक्रबार, जेठ ४, २०८१

प्रभु बैंकको आज साधारण सभा बस्दै

मेरोन्यूज २०८१ वैशाख २० गते १०:१५

काठमाडौं। प्रभु बैंकको बिहीबार (आज) वार्षिक साधारण सभा बस्दैछ । प्रभु बैंकले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।

Advertisement

प्रभु बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण लगायत विषयमा छलफल गरी पारित गर्नेछ । 

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया